काठमाडौं । नेपाली काँग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई पठाएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले मन्त्री हुने नामहरू सिफारिस गरी पठाएको हो ।
संसदीय दलले दैलेखका सांसद कृष्णकुमार बिसी, सुर्खेतका सांसद खड्क पोखरेल र जाजरकोटका सांसद बेदराज सिंहको नाम मन्त्रीका लागि सिफारिस गरेको छ । बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरेललाई सामाजिक विकास मन्त्रालय र सिंहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिने गरी मुख्यमन्त्रीलाई सिफारिस गरिएको हो।
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीका अनुसार आज सिफारिस भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ भोलि गराइने छ ।
यसअघि यी मन्त्रालयमा नेकपा एमालेबाट मन्त्री थिए। सत्ता समीकरण फेरिएपछि २०७९ चैत २६ गते उनीहरूले राजीनामा दिएका थिए ।