February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

590

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले शर्माले आज (शुक्रबार) दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शर्मा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सत्ता साझेदार दलहरू नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले पनि समर्थन गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज शर्माले विश्वासको मत लिन लागेका हुन् । उनका पक्षमा कर्णाली प्रदेशका ४० मध्ये माओवादीसहित चार दलका २५ जना सांसद छन् ।

Advertisement

प्रमुख प्रतिपक्षीका रुपमा नेपाली कांग्रेसका १४ र एक जना स्वतन्त्र सांसद छन् ।