February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त

630

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

शर्माले बुधबार नै २५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् ।

माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम (२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कर्णालीमा माओवादी र एमालेबीच साढे २र२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।

Advertisement