काठमाडौं । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक केही ढिलागरी बैठक सुरु भएको हो ।
स्रोतका अनुसार बैठकमा समग्र एजेण्डाको विषयमा छलफल हुने भएको छ । बैठकमा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष राजकुमार शर्मा पनि सहभागी छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठन भएको दुई साता वितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)बाट कुनै पनि मन्त्रीलाई सहभागी गराउन नसकिएको अवस्थामा आजको बैठकले ठोस निर्णय गर्ने अनुमान गरिएको छ । ।