December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

कर्णालीको नेतृत्व सम्हाल्दै जीवनबहादुर शाही

२०७८ कार्तिक १६

530

सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व आजबाट फेरिँदै छ । कर्णाली प्रदेशका मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले सोमबार साँझ राजीनामा दिएपछि अब नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णालीको नेतृत्व सम्हाल्ने निश्चित भएको हो ।

शाहीले आजै प्रदेश प्रमुख कार्यालयमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा दाबी गर्दैछन् ।

यसअघि आधा आधा समय सत्ता नेतृत्व गर्ने सहमति भएअनुसार नै महेन्द्रबहादुर शाहीले राजीनामा दिएका हुन् । उनले केहीअघिसम्म आफूले सत्ता नछाड्ने बताउँदै आएका थिए । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल यसअघि भएका सहमति कार्यान्वयन गर्न निर्देशन दिएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

Advertisement

प्रदेश प्रमुख कार्यालयले उनको राजीनामा आएसँगै बहुमत पुग्ने दललाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आज साँझ ७ः३० बजेसम्मको समय दिएको छ ।

यसअघि सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेमा विभाजित भएपछि महेन्द्रबहादुर शाही ३ फागुनमा मुख्यमन्त्री बनेका थिए । त्यतिबेला माओवादी केन्द्रले कांग्रेससँग आधाआधा समय नेतृत्व गर्ने सहमति गरेको थियो ।

३ फागुन २०७४ मा मुख्यमन्त्री बनेका शाहीले नेकपा विभाजित भएपछि ३ वैशाखमा विश्वासको मत लिएका थिए ।