July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

कर्णाली सरकारबाट तत्काल फिर्ता नहुने एमालेका मन्त्रीको अडान

305

काठमाडौं –  नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी भएका एमालेका मन्त्रीहरुले तत्काल फिर्ता नहुने जनाएका छन्।

उनीहरुले संसदीय दलले सरकारबाट फिर्ता हुन दिएको निर्देशन अवैधानिक भएको भन्दै केन्द्रको विवाद समाधान र सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म आफुहरु सरकारबाट फिर्ता नहुने प्रष्ट पारेका हुन्।

भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापाले २०७५ जेठ २ गतेको एमाले नवौं महाधिवेशनले निर्वाचित गरेको पार्टी कमिटीले गरेको निर्णय मात्रै आफुले मान्ने बताए। उनले युवराज ज्ञवाली अध्यक्ष रहेको पार्टीको प्रदेश संगठन कमिटीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गर्नुपर्ने बताए।

संसदीय दलका नेता यामलाल कँडेलले पार्टीले कारवाही गरेपछि उनीहरु अदालत गएको र त्यस सम्बन्धमा अदालतले अन्तरिम आदेश जारी गर्दै प्रदेश सभा सदस्य र दलको सदस्य बनाउन आदेश दिएकाले सोहि अनुसार मात्रै भएको बताए।

अब सरकारबाट फिर्ता हुने नहुने कुरा स्वयम् उनीहरुकै कुरा भएको कँडेलले उल्लेख गरे । ‘सर्वोच्च अदालतले एउटा प्रदेश सभाको सदस्य बनाउने र अर्को नेकपा एमाले संसदीय दलको सदस्य बनाउने भनेर आदेश दिएको छ।