June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

लाहाचोकमा देउराली पूजा

915

कास्की । कास्कीको लाहाचोकमा देउराली पूजा भव्य रुपमा सम्पन्न भएको छ ।

वैदेशिक रोजगार मञ्च र कोत मौला गुठी समितिको सहकार्यमा देउराली पूजाको आयोजना गरिएको हो ।

मञ्चका सस्थापक प्रवक्ता कवि क्षत्रीले सबैलाई स्वागतगरेका थिए । समितिका अध्यक्ष भीमबहादुर जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी दानबहादुर गुरुङ, भुपेन्द्र कुँवर, युवा नेता तथा समाजसेवी पान बहादुर जिसी, भुपेन्द्र शाही अतिथि रहेको थिए ।

Advertisement

अतिथिहरूले मन्दिर निर्माणदेखि मन्दिर परिसर निर्माणमा आवश्यक साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए ।

पूजाकै अवसरमा शिलालेखको अनावरण समेत गरिएको थियो । भक्तजनहरू, दर्शनार्थीहरूलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो ।

कार्यक्रमको सभापतित्व मञ्चका सचिव पुष्पराज अधिकारी र सञ्चालन सुशील श्रेष्ठले गरेका थिए ।