June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्छ: महेश बस्नेत

500

पोखरा । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले टोपबहादुर रायमाझीको अनुसन्धानबारे सहयोग गर्ने बताएका हुन् ।

उक्त प्रकरणलाई राजनीतिक रङ दिएर कसैलाई पनि उन्मुक्ति दिन नहुने उल्लेख गर्दै बस्नेतले भने, ‘टोपबहादुर रायमाझीजीको संग्लनताको प्रश्न उठेको छ । त्यसलाई छानविन गर्ने कुरामा नेकपा एमाले जहिले पनि सहज बन्छ, असहज बन्दैन ।’

त्यसैगरी नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एमालेले प्रधानमन्त्री बनाउने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको बताए । त्यसमा एमालेले कदापि साथ नदिने उनले दाबी गरे ।

Advertisement