February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

मुस्ताङमा काँग्रेसको ‘क्लिन स्वीप’

1.2K

काठमाडौं । मुस्ताङमा नेपाली काँग्रेसले ‘क्लिन स्वीप’ गरेको छ । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै काँग्रेसले क्लिन स्वीप गरेको हो ।

प्रतिनिधिसभा सदस्य तर्फ काँग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् भने मुस्ताङको दुवै प्रदेशसभा सदस्यमा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा नम्डु गुरुङ र प्रदेशसभा (२) मा विकल शेरचन विजयी भएका छन् ।

योगेशले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् । यस्तै, गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् भने शेरचनले एमालेकै चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । गुरुङले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका थिए ।

Advertisement