काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध मत मागेपछि गण्डकी प्रदेशका उर्जामन्त्री बर्खास्त भएका छन् ।
आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डविरुद्ध मत मागेपछि गण्डकी प्रदेश सरकारका ऊर्जा, सिंचाइ मन्त्री हरिशरण आचार्य बर्खास्त भएका हुन् ।
सोही क्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री आचार्यलाई बर्खास्त गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस पत्रसमेत पठाएका छन् ।
मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ ।
आचार्य गत निर्वाचनमा गोरखाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए ।