June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

गण्डकी प्रदेश सभाको बैठक स्थगित

85

काठमाण्डु – गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । नेकपा एमालेले बैठक स्थगित गर्न माग गरेपछि सभामुखले आजका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

सभामुख नेत्रनाथ अधिकारीले बैठकको सुरुमा जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गरेको पत्र पढेर सुनाएका थिए । लगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

बैठकमा एक जना पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरिएको थियो ।