September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

धादिङको गल्छीमा भारतीय यात्रुवाहक बस दुर्घटनामा हुँदा एक जनाको मृत्यु १९ घाइते

765

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा एआर ०६ ई ७०३१ नम्बरको भारतीय यात्रुवाहक बस दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा भारतको राजस्थान २ की १२ वर्षीया कल्पना पारिख रहेकी छन् । घाइते भएकहरूको गल्छीमै रहेको भरोसा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

३५ जना सवार उक्त बस सडकमै पल्टिएको कारण राजमार्ग केहीबेर अवरुद्ध भएको थियो । क्रेनको सहायताले उक्त दुर्घटनाग्रस्त बस साइड लगाएपछि हाल एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

Advertisement