April 18, 2024, Thursday
२०८१ बैशाख ७
1:37:26 pm

भिरबाट लडेर गर्भवती महिला र २ वर्षीय छोराको मृत्यु

1.2K

काठमाडौं । धादिङमा घाँस काट्न गएका बेला भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनका २ वर्षीय छोरा साजन रहेका छन् ।

प्रहरीका अनुसार सोमबार अपरान्ह साढे ५ बजेतिर अप्सरा २ वर्षीय छोरा साजनलाई बोकेर कात्तिके चुरे जंगलमा घाँस काटिरहेका बेला भिरबाट लडेकी हुन् । छोरा साजनको घटनास्थलमै मृत्यु भएको थियो भने अप्सराको उपचारका क्रममा मलेखु सिटी अस्पतालमा राति ९ बजेतिर मृत्यु हो ।

अप्सरा ७ महिनाकी गर्भवतीसमेत रहेको प्रहरीले जनाएको छ ।

Advertisement