April 20, 2024, Saturday
२०८१ बैशाख ८
1:37:26 pm

१६ औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशमा रक्तदान

3.2K

हेटौंडा । १६ औं गणतन्त्र दिवसको अवसरमा आज आइतवार बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हेटौंडाको बुद्ध चोकमा आयोजना गरेको सार्वजनिक रक्तदान  कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले रक्तदान गरेर गरेका छन् ।

सो अवसरमा उनले प्रदेशवासी सबैलाई गणतन्त्र दिवसको शुभकामना दिँदै भने, `रक्तदान जीवनदान हो, यसलाई संस्कृतिको रूपमा विकास गर्नुपर्छ ।´

मन्त्री श्रेष्ठले गणतन्त्रको यस १५ वर्षमा धेरै राम्रा कामहरू भएको तर प्रतिगामी शक्तिहरूले गणतन्त्र कि राजतन्त्र´ भन्नेजस्ता हास्यास्पद कुरा गर्दै हिँडिरहेको पनि बताए।

Advertisement

राजावादीहरूको यस्तो तर्कलाई उनले मान्छेलाई ‘स्वर्ग जान्छस् कि नर्क´ भनेर सोध्नुजस्तै हो भन्दै व्यंग्य गरे । उनले भने,`नेपालमा राजतन्त्र इतिहास बनिसक्यो, अब कसैले चाहेर राजतन्त्र फर्किदैँन । त्यसैले नेपाली इतिहासकै सबैभन्दा महान उपलब्धि गणतन्त्रलाई थप सुदृढ गर्न सबै एकताबद्ध हुनुपर्छ ।´

कार्यक्रमको अध्यक्षता स्वास्थ्यमन्त्री उत्तम जोशीले गरेका थिए। कार्यक्रममा मन्त्री श्रेष्ठलगायत जम्मा ३२ जनाले रक्तदान गरेका थिए ।