June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

भव्य रुपमा मनाइयो सिथि न:ख पर्व

695

काठमाडौं । नेवार समुदायको पर्व सिथि नखः आज भव्य रुपमा मनाइएको छ । विशेष गरी सरसफाइसँग सम्बन्धित यस पर्व जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने गरिन्छ ।

यस पर्व वातावरण दूषित नहोस् भन्ने उदेश्यले मनाउने गरिन्छ । बर्खाको समयमा पानी पर्दा कुवा, ढुंगेधारा, पोखरी र इनारहरु हिलो र फोहोर हुने भएकोले आजको दिन सफा गर्ने गरिन्छ । ‘आजको दिन वर्षदिनदेखि थुप्रिएको फोहोर पानीको मुहानबाट निकालिन्छ । सफा गरिन्छ । विशेष वातावरण दूषित नहोस् भन्ने उदेश्यले यस पर्व मनाइएको हो ।’, एक स्थानीयको भनाइ छ ।

यस पर्वमा सामुहिक रुपमा सरसफाइ गरिसकेपछि वः खाने चलन छ । वः विशेषगरी मास, मुँगी, सानो केराउ लगायत मिसाएर बनाइन्छ । कसैकसैले भवानीको पूजा र शक्तिपीठको पूजा पनि गर्ने गर्छन् ।

Advertisement

विशेष गरी काठमाडौं, भक्तपुर लगायत, भक्तपुर उपत्यकका नेवारहरु र यहाँबाट सरेका उपत्यका बाहिरका नेवार समुदायले पनि मनाउने गर्छन् ।