February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाइने

815

मकवानपुर । बागमती प्रदेश सरकारका मन्त्रालयको संख्या घटाइने भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेसँगै मंगलबार मन्त्रालय घटाउने प्रक्रिया अगाडि बढाएका हन् ।

मुख्यमन्त्री जम्कट्टेलले संख्या निर्धारण गर्न कार्यदल गठनको पहिलो निर्णय गरेका छन् । प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यकलले १५ दिनभित्र प्रतिवेदन बुझाउने छ । जसको आधारमा मन्त्रालय संख्या टुंगो हुने जनाइएको छ । कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख सदस्य छन् ।

अघिल्ला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा मन्त्रालय संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको थियो । प्रदेश सरकारमा पाण्डेले मन्त्रिमण्डल १८ सदस्यीय बनाएका थिए । त्यतिबेला उक्त निर्णयमा सहमति गरेका जमकट्टेलले अब भने प्रदेश सरकारका मन्त्रालय विषयगत आवश्यकताअनुसार मात्रै रहने बताएका छन् ।

Advertisement

सुशासन र पारदर्शिता पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै उनले मन्त्रालयको संख्या घटाएर ९ देखि ११ वटासम्म कायम गर्ने तयारी भइरहेको बताएका छन् ।