January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

वाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

1.9K

मकवानपुर — वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराका हुन् । यसैगरी एमाले दल नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाबाट उद्धव थापाले विनाविभागीय मन्त्रीको रुपमा शपथ गरे ।

जम्मकट्टेलले सोमबार सरकार गठनका लागि दावी पेश गरेका थिए । उनले प्रदेश प्रमुखले दिएको समय सीमा सकिन्नुभन्दा दुई घण्टा अगाडि ७० जना सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए।

Advertisement

जम्मकट्टेललाई माओवादी केन्द्रका २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ ।