February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

प्रदेशसभा सिन्धुली २ को (ख) मा गठबन्धनका उम्मेदवार गंगानारायण श्रेष्ठ निर्वाचित

2.6K

काठमाडौं । प्रदेशसभा सिन्धुली क्षेत्र नं. २ को प्रदेशसभा (ख) मा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ विजयी बनेका छन् । हसिँयाहथौडा चुनाव चिन्हबाट गठबन्धनका उम्मेदवार बनेका श्रेष्ठले नेकपा एमालेका उम्मेदवार रामकुमार पौडेललाई पराजित गरी विजयी बनेका हुन् ।

जम्मा २४ हजार २४८ मत खसेकोमा श्रेष्ठले १३ हजार १ र पौडेलले ९ हजार ७८९ मत पाएका छन् । श्रेष्ठ निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार पौडेललाई ३ हजार २१२ मत अन्तरले पछि पार्दै प्रदेश सभामा विजयी भएका हुन् ।

श्रेष्ठको राजनीतिक यात्रा २०४५ सालमा नेकपा (मसाल) को सदस्यता प्राप्त गरेसँगै भएको हो । २०५२ सालमा अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय महासचिव बनेका उनी २०५३ सालमा गिरफ्तार भएका थिए । २०५७ श्रावणमा जेल मुक्त भएपछि पुनः माओवादी युद्धमा होमिए ।

Advertisement

श्रेष्ठले माओवादी, नयाँ शक्ति, जसपा हुँदै नेपाल समाजवादी भएर पुन माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रदेशसभामा चुनाव लडेका हुन् । उनी माओवादी पोलिटब्युरो सदस्य, समाजवादी पार्टी रहँदाका महासचिव र जनता समाजवादी पार्टीमा केन्द्रीय कार्यकारी सदस्य थिए भने अहिले बाबुराम भट्टराई नेतृत्वको पार्टी नेसपाको सहअध्यक्ष छन् ।

श्रेष्ठ प्रष्ट विचार राख्ने लेखक पनि हुन् । साहित्य तथा राजनैतिक परिवेशमा कलम चलाउने श्रेष्ठले दुवै क्षेत्रमा पुस्तकमा प्रकाशन गरेका छन् । महासमरका यात्रीहरु (कथासङ्ग्रह–२०५४), म प्रतिध्रुवीय यात्री (कवितासङ्ग्रह–२०५५), ज्वालामुखी माथिको यात्रा (उपन्यास– २०६०), सहिद टीका श्रेष्ठको जीवनी (जीवनी–२०६३), गढीदरबारदेखि सिंहदरबारसम्म (अनुभूति÷संस्मरण सङ्ग्रह–२०६७), मध्यपहाड यात्रा (यात्रा डायरी–२०७६) लगायत उनका १२ वटा कृतिहरु प्रकाशित छन् ।