April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

डेंगी नियन्त्रणको लागि दशैं माया मारेर खटिरहेका छन् रत्न महर्जन

2.9K

काठमाडौं । कोरोनाले ३ वर्ष थला पारेको मुलुकमा पूनः डेंगीको प्रकोप सुरु भएको छ । डेंगीका कारण हजारौं नागरिकहरू बिरामी छन् भने सयौंको संख्यामा मृत्यु भैसकेको छ । यसको नियन्त्रण तथा रोकथामका लागि सरकारी संयन्त्रले काम गरिरहेको बताए पनि परिणाम निस्कने गरी डेंगी नियन्त्रण र रोकथाम भएको छैन ।

नेपालीहरूको महान पर्व वडा दसैंको रौनक एकातिर छ भने अर्कोतिर डेंगी प्रकोपको पीडा पनि सँगसँगै छ । काठमाडौं टोखा नगरका रत्न महर्जनले वडा दसैंको रौनकलाई भन्दा डेंगी प्रकोपको पीडालाई बढी प्राथमिकता दिएर लामखुट्टे मार्ने अभियानमा लागेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर पाँचका सदस्य तथा नेपाल तरुण दलका क्षेत्रीय सचिवसमेत रहेका महर्जनले धापासी, टोखा, महाराजगञ्ज, हाँडीगाउलगायतका क्षेत्रहरूमा किटनाषक औषधी छर्कदै हिडेका छन् ।

महर्जनले भने ‘प्रत्येक घरमा एक जान दुइजनामा डेंगी देखापरेपछि समुदायमै रोगको संक्रमण बढ्दै गएको छ । यसको नियन्त्रण्का लागि विगत १० दिन देखि लामखुट्टे मार्ने अभियानमा हिडेको छु । दुईदिन दसैं मनाएर पुनः दसैं लगत्तैदेखि अभियानलाई निरन्तरता दिन्छु ।’ प्रकोपको रुपमा देखा परेको डेंगी नियन्त्रणका लागि हिडेका महर्जनले नवमी र दशमी दुइदिन दशैं मनाएर टिकाका भोली पल्टदेखि निरन्तर अभियानमा लाग्ने योजना रहेको बताए ।

Advertisement

दसैंपछि सार्वजनिक स्थल, पार्क स्वास्थ्यचौकी, विद्यालयलगायतका निकायहरूमा स्प्रे छर्केर डेंगीबाट रोकथाममा सहयोग पुर्याउने उनको योजना छ । यो अभियानका लागि नेपाली कांग्रेस क्षेत्रीय सभापति श्याम बहादुर खड्काले अभियानलाई हौसला दिएर अघि बढ्न प्रेरित गरेको जानकारी दिए । अधिकांश नेपालीलाई विजया दशमीको रौनकले छोपेको र आफन्त तथा साथीभाईसँग खाने, खेल्ने र रमाइलो गर्ने क्रम सुरु भइरहँदा महर्जन भने डेंगी नियन्त्रणमा सकेको सहयोग गर्ने भनेर लागेका हुन् ।

यसपालिको दशैं नै माया मारेर मर्हजन दिनरात लामखुट्टे मार्न हिडिरहेका छन् । लामखुट्टे नियन्त्रणकका लागि उनले ‘केमिकल’ र ‘गन’ बोकेर हाडीगाँउ धापासी, टोखा, महाराजगञ्जलगायत प्रकोप बृद्धि भएका ठाउँहरूमा पुगेर औषधि छर्केर हिडेको स्थानीयहरू बताउँछन् । महर्जन भन्छन्, “डेंगीले मानिसहरू धमाधम विरामी परेको र कतिपयको मृत्यु समेत भएको टुलुटुलु हेरेर बस्नुभन्दा आफुले सकेको गर्नु पर्छ भनेर लामुखुट्टे मार्न निस्किएको छु ।”

घर परिवार र साथीभाइले यस्तो केमिकल बोकेर हिड्दा स्वास्थ्य माथी खतरा हुनसक्छ भनेर गाली पनि उनले स्वास्थ्य सर्तकता अपनाएर लामखुट्टे मार्ने कामलाई निरन्तरता दिँदै आएको बताए । महर्जनले आफ्नो व्यत्तिगत खर्चमा अभियान चलाउँदै आएको जानकारी दिए । उनको प्रसंसनिय कामप्रति सबैले साथ दिए सम्भावित संक्रमणको जोखिम घट्ने र मानीसले अकालमै मृत्युवरण गर्नुपर्ने बाध्याता टार्न धेरथोर सहयोग पुग्ने देखिन्छ ।