काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर साह अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वरमा पुगेका छन् । मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका हुन्
अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउामा मेयर सहितको टोली पुगेको हो ।
बालेन नेतृत्वको टाेलीले अवैध संरचनामा खोलिएका पसलहरूको अवलोकन गरिरहेको छ । बानेश्वर र शंखमुल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरुलाई भाडा दिएका ठाउँमा पनि टोली पुगेको छ । अन्डरग्राउन्डमा रहेका जुत्ता पसल, मोबाइल पसल, बुटिक लगायत क्षेत्रमा महानगरको टोलीले अनुमगन गरिरहेको छ ।
आजै बानेश्वरको अल्फाबिटामा पनि बालेनले अनुगमन गर्दैछन् ।