January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

नेपाली काँग्रेस बागमती प्रदेशको उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन

1K

मकवानपुर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत शनिबार सम्पन्न भएको बागमती प्रदेशको निर्वाचमा उपसभापतिद्वयमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । उनिहरु निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम र राजेन्द्रप्रसाद बुर्लाकोटीलाई पराजित गर्दै निर्वाचित बनेका हुन् ।

निर्वाचनमा बस्नेत र महर्जनले क्रमशः एक हजार ५९ र एक हजार ३७ मत ल्याए थिए भने प्रतिद्वन्द्वी धर्मराम गौतमले १००४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ८३९ मत प्राप्त गरे ।

त्यस्तै महामन्त्रीमा कञ्चनचन्द्र बादेले ९९५ र राजु श्रेष्ठले ९१० मत ल्याएर विजयी भए । सो पदका लागि छ जनाको उम्मेदवारी परेकामा माइकल रामचन्द्र अर्यालले ८९९, तिलकप्रसाद रुवारीले ७६०, गौरीप्रसाद दवाडीले १८८ र सुरेश श्रेष्ठ ले १६३ मत पाएका थिए ।

Advertisement

त्यसैगरी महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल ९४९ मत ल्याएर विजयी भए । सो पदका लागि निर्मला बस्ताकोटी, निरु खड्का, मोतिमाया तामाङ प्रतिस्पर्धी थिए ।

खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भए । सभापतिमा भने इन्द्रबहादुर बानियाँ विजयी भएको यस अघि नै घोषणा भइसकेको थियो ।