June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु कार्तिक १० सम्म लम्बियो

2.5K

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु कार्तिक १० सम्म लम्ब्याइएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेका छन् ।

बिहीबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदहरुले छलफल गरेका थिए । विश्वासको मतसम्बन्धी प्रस्तावको बाँकी प्रक्रिया अर्को बैठकमा हुने गरी सभामुख श्रेष्ठले बिहीबारको बैठक स्थगित गरेका छन् ।

विपक्षी गठबन्धनले सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । उनीहरुले आफूहरुलाई अर्को विकल्पमा जान बाध्य नपार्न चेतावनीसमेत दिएका थिए ।

Advertisement

विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डेको नाम प्रस्ताव गरिसकेका छन् । विपक्षी गठबन्धनसँग प्रदेशसभाको बहुमत रहेको छ ।