काठमाडौं । बागमती प्रदेशमा रहेका विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अगाडि सारेका छन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेलगत्तै बोलेका माओवादी केन्द्रका संसदीय दलका नेता जमरकट्टेलले मुख्यमन्त्रीमा पाण्डेलाई प्रस्ताव गर्ने निर्णय भएको प्रदेश सभामा बताएका हुन् ।
नेकपा एमालेकी नेतृ शाक्य मुख्यमन्त्री भएको दुई महिना भएको छ । उनी अल्पमतमा परेकी छिन् ।