रसुवा । दक्षिणी रसुवाको ठूलो गाउँस्थित भूमेस्थान इलाका क्षेत्रमा लडेर गम्भीर घाइते भएका एक व्यक्तिको उद्धार गरी उपचारको लागि काठमाडौँ लगिएको छ । लडेर घाइते भएका नारायण ढुङ्गेललाई हेलिकोप्टरद्वारा काठमाडौ पठाइएको हो ।
नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ गोगने घर भई हाल रसुवा उत्तरगया गाउँपालिका–३ ठूलोगाउँमा पसल व्यवसाय गर्ने ४० वर्षका नारायणबहादुर ढुङ्गेल लडेर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा घाँस काट्ने मान्छेले भेटेपछि उनको उद्धार गरि उपचारको लागि कैलाश एयरको हेलिकोप्टरद्वारा काठमाडौँ पठाइएको डाँडागाउँ प्रहरी चौकीले जनाएको छ ।