May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विस्वासको मत लिने

1.4K

काठमाडौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विस्वासको मत लिने भएकी छिन् । गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको नेकपा एमालेको सरकार पार्टी विभाजनपछि अल्पमतमा परेको हो ।

५६ सांसदका साथ एमालेको स्पष्ट बहुमतको सरकारको नेतृत्व गरेकी शाक्य नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता पछि भने ४३ सांसदमा सीमित हुन पुगेकी थिइन् । प्रदेशमा नयाँ सरकार गठन गर्न वा मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार टिकाउन कुल १०९ जना सांसद् मध्ये ५५ जनाको समर्थन आवश्यक हुन्छ ।

मुख्यमन्त्री शाक्यले सरकार टिकाउन अन्य दलहरूसँग गठबन्धनका लागि प्रयास गरेतापनि सफल हुन नसकेपछि उनी संसदबाट विश्वासको मत लिने निर्णयमा पुगेकी हुन् । मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार आधिकारिक रुपमा अल्पमतमा परेको दुई साता वितिसकेको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने साना दलहरूको सहयोगमा पनि मुख्यमन्त्री शाक्यको सरकार टिक्ने सम्भावना छैन ।

Advertisement

सरकार अल्पमतमा परेको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार शाक्यले आगामी असोज २५ गते भित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

बागमती प्रदेशमा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२ र नेकपा एकीकृत समाजवादी पार्टीका १३ जना सांसद भएको हुँदा गठबन्धनको सरकार बन्ने सम्भावना देखिन्छ