काठमाडौ । नेपाली कांग्रेस भरतपुर महानगर सभापतिमा भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्षसमेत रहेका चित्रसेन अधिकारी निर्वाचित भएका छन् ।
मतगणनाअनुसार ६४९ मतसहित उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीले ५४६ मत मात्रै ल्याएका थिए ।
महानगरको सभापति पदमा हिरामणि अधिकारी र बचन कार्की पनि उठेका थिए ।