November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मुख्यमन्त्री शाक्यले ९ जना मन्त्री थप्दै

2.6K

हेटौंडा : बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको छ ।  आधिकारिक रुपमा एमाले विभाजन भएर अल्पमतमा पर्न लागेको सरकारले आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागेको हो।मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नियुक्त भएको २१ दिन भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको थिएन। स्रोतको अनुसार मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री गरि ९ जना मन्त्री थप्ने  तयारी गरेकी छिन्।

आज राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त गरेर शपथ ग्रहण गर्ने तयारी गरिएको स्रोतको दाबी छ। शाक्यले मुख्यमन्त्रीको शपथ लिएपछि दुई जनालाई मन्त्रीमा नियुक्त गरेकी थिइन्। तर उनले नियुक्त गरेको सामाजिक विकास मन्त्री कृष्ण खनालले नेकपा एकीकृत समाजवादी रोज्दै पदबाट राजीनामा दिएका थिए। हाल बागमती प्रदेशमा दुई सदस्यीय मन्त्री मण्डल छ। आज ९ जना थपिएसँगै  ११ सदस्यीय हुने छ। 

आज संसदले समाजवादीका गएका प्रदेशसभा सदस्यको नाम प्रकाशित गरेसँगै व्यावहारिक रुपमा अल्पमतमा परिसकेकी अष्टलक्ष्मी कानुनी रुपमा पनि अल्पमतमा पर्ने छिन्।

Advertisement

एमाले आधिकारिक रुपमा विभाजन भएर अल्पमतमा परेपछि शाक्यले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ। तर उनले विश्वासको मत नलिने भएकोले मन्त्रीपरिषद् विस्तार गर्न लागेको एमालेको मुख्य सचेतक दिपक निरौलाले बताए । उनले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन आवश्यक नभएको भन्दै विपक्षीले अविश्वासको प्रस्ताव ल्याए सामना गरेर जाने बताए।