November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौं महानगरले आज र भोलि खोप अभियान सञ्चालन गर्दै

2.6K

काठमाडौं  : काठमाडौं महानगरपालिकाले आज र भोलि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । खोप अभावका कारण रोकिएको खोप अभियान अन्तर्गत आज र भोलि काठमाडौंका विभिन्न स्थानहरुमा खोप लगाउने महानगरका स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार जेठ २५ गते काठमाडौं उपत्यकालगायत देशभर सुरु भएको खोप अभियान काठमाडौंमा खोप अभावका कारण स्थगित भएको थियो।

खोप अभाव भएपछि जेठ २७ गते सूचना जारी गरेर नै स्थगित गरेको कुँवरको भनाइ छ। उनी खोकिएको खोप जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार पुनः संचालनमा ल्याउन लागेको बताउँछन्।

Advertisement

उनका अनुसार महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिक, भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने छ।

खोप लगाउन वीर अस्पताल, महाराजगञ्जस्थित टिचिङ अस्पताल, सिभिल अस्पताल र सैनिक अस्पतालमा खोप लगाइनेछ। पहिलो पटक भने सबै वडामा खोप लगाइएको थियो।