June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

ट्रकमा एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु

90

मकवानपुर । मकवानपुरको नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी​ नायव उपरिक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।

चितवनको भरतपुरबाट कोरोना संक्रमित विरामीको उपचार पछि डिस्चार्ज भइ घर फर्किदै गरेको प्र १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४३८० नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

मृतक थिङलाई गत जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएको र उपचारका लागि भरतपुर लगिएको बुझिएको छ । एम्बुलेन्समा सवार अन्य ३ जना घाइते भएको र उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको डिएसपी रिमालले बताए ।