April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

राजधानीमा आजबाट आवगमनमा थप कडाई, सुरक्षा गार्डलाई पनि यस्तो व्यवस्था

5.6K

काठमाडौं । दोश्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासका बारेमा भएको अस्पष्टतालाई स्पष्ट पारेको छ । प्रशासनले विवाह र ब्रतबन्धका लागि १५ जना व्यक्ति र २ वटा सवारी साधन प्रयोग गर्न पाउने जनाएको छ । प्रशासनद्वारा बुधवार जारी सूचनामा विवाह र ब्रतबन्ध गर्दा १५ जनासहित २ वटा सवारी साधन प्रयोग गरी ब्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवत जावत गर्ने पाउने जनाएको छ ।

बिरामी तथा कुरुवाहरूको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त बिरामी भै काठमाडौं बाहिर जानुपर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड, भर्ना कार्ड र परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै सुरक्षा गार्डहरूले भने परिचयपत्र र पोशाक लगाएर ड्युटी आवतजावत गर्न पाउने जनाइएको छ ।

Advertisement