April 16, 2024, Tuesday
२०८१ बैशाख ४
1:37:26 pm

बनाउँदा बनाउँदै भत्कियो चितवनको ठिमुरा–देवघाट जोड्ने नारायणीको पुल

5.3K

चितवन चितवनको ठिमुरालाई देवघाटसँग जोड्ने निर्माणाधीन पुल भत्किएको छ । भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने १० मिटर चौडाई भएको २२० मिटर लामो पुल मंगलबार बिहान करिब ४ बजे तिर भत्किएको हो ।

ठेकेदारको लापरबाहीका कारण पुल भत्किएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले जानकारी दिए। उनले प्राविधिक त्रुटिका कारण भत्किएको जानकारी प्राप्त भएको बताउँदै वास्तविक कुरा प्राविधिक टिमले अध्ययन गरेपछि थाहा हुने बताए। 

उक्त पुल असार मसान्तभित्र सक्ने गरी काम अघि बढेको थियो। भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको अवस्थामा मंगलबार बिहान पुल भत्किएको उनले बताए। पुल भत्किएपछि के कारणले पुल भत्कियो भन्ने विषयमा अध्ययन सुरू भएको सडक डिभिजन कार्यालयले जनाएको छ। 

Advertisement

कार्यालयले प्राविधिक समितिले भत्किनुको कारण पत्ता लगाउने काम भइरहेको उल्लेख गरेको छ। सडक डिभिजन भरतपुरका इन्जिनियर विजय दराईले सोमबार गएको भूकम्पका कारण जमिन थर्किएर पुल भत्किएको हुनसक्ने बताए।  पुलमा ४ वटा स्पान राखिँदै छ। तीन वटा कंक्रिटको छ भने नदीको बीचमा पर्ने गरी एउटा फलामको स्पान राखिएको छ।

उक्त पुल करिब २१ करोड रुपैयाँको लगानीमा बन्दै थियो। २०७४ साल सम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७१ सालमा पुलको शिलान्यास गरिएको थियो। तर समयमै काम नसकिएपछि निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०७८ सालको असार मसान्तसम्मलाई सारिएको थियो।