November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कर्णालीका सात जिल्लामा सङ्क्रमित संख्या शून्य

2.6K

काठमाडौं – कर्णाली प्रदेशका सात जिल्लामा कोभिड-१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम-पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो। 

दैलेखमा एक हजार ६८४, जाजरकोटमा १५९, सल्यानमा ६९३, रुकुम पश्चिम २५७, कालीकोटमा ३३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। ती जिल्लाका सबै सङ्क्रमित निको भएसँगै सङ्क्रण शून्य देखिएको हो। कर्णाली तीन जिल्लामा मात्र कोरोना सङ्क्रमणका सक्रिय बिरामी छन्।

सुर्खेतमा २७, जुम्लामा तीन र डोल्पामा एक जना गरी ३१ जना सङ्क्रमित रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। तीमध्ये सुर्खेतको प्रदेश अस्पतालमा दुई तथा वीरेन्द्रनगरका २५ जना होम आइसोलेशनमा छन् भने जुम्लाको चन्दनाथ नगरपालिकामा तीन र डोल्पाको ठूली भेरीका एक जना पनि होम आइसोलेशनमा बसेका छन्।

Advertisement

कर्णाली प्रदेशमा ९७ हजार २३९ जनामा पिसिआर परीक्षण गरिएकामा सात हजार ५३४ जनामा कोरोना पुष्टि भएको थियो। कोरोना सङ्क्रमणका कारण कर्णालीमा ३१ जनाको मृत्यु भएको छ। त्यस्तै ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा हालसम्म १३६ जनामा कोरोना पोजेटिभ देखिएको छ। यस विधिको परीक्षण सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा भइरहेको छ।