July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

सेल्टा भिगोसँग रोकियो एट्लेटिको मड्रिड

575

काठमाडौं- लिग लिडर एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोसँग अंक बाँडेको छ। सोमबार राति भएको खेलमा सेल्टा भिगोसँग एट्लेटिको मड्रिड २–२ गोलको बराबरीमा रोकिएको हो।

आफ्नै घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडले तुलनात्मक रुपमा कमजोर मानिएको सेल्टा भिगोसँग अंक बाँडेको हो। एट्लेटिकोका लागि लुइस स्वारेजले दुई गोल गरे। सेल्टाका लागि सान्टी मिना र फाकन्डो हेरियराले गोल गरे। खेलको १३ औं मिनेटमा नै सान्टी मिनाले गोल गर्दै सेल्टा भिगोलाई सुरुवाती अग्रता दिलाए। खेलको ४५ औं मिनेटमा स्वारेजले गोल गर्दै एट्लेटिको मड्रिडलाई १–१ गोलको बराबरी दिलाए।

पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेको एट्लेटिकोले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो। खेलको ५० औं मिनेटमा स्वारेजले नै अर्को गोल गर्दै एट्लेटिको मड्रिडलाई २–१ गोलको अग्रता दिलाएका थिए। तर एट्लेटिकोले यो अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो। ८९ औं मिनेटमा फाकन्डो हेरियराले गोल गर्दै सेल्टा भिगोलाई २–२ गोलको बराबरी दिलाए।

शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको यो बराबरीसँगै २० खेलबाट ५१ अंक भएको छ। सेल्टा भिगो भने एट्लेटिको मड्रिडसँग बराबरी खेल्दै २२ खेलबाट २६ अंक बनाएर लिगको १० औं स्थानमा उक्लिएको छ। लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाको २१ खेलबाट ४३ अंक हुँदा तेस्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान ४३ अंक छ।