November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु

2.4K

काठमाडौं – कर्णालीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। 

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ६१ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो। स्वास्थ्य शिक्षा अधिकृत नवराव कंडेलले वीरेन्द्रनगर ६ का ६१ वर्षीया महिलाको उपचारको क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको जानकारी दिए।

उनलाई माघ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसियूमा राखेर उपचार गरिएको थियो। मृत्तकलाई उच्च रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी रोग भएको र प्रोटोकल अनुसार उपचार गरिएको भए पनि स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको कंडेलले बताए। 

Advertisement