June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

‘कोशी प्रदेश’मा खुशीयाली विदा

२०७९ फाल्गुन १८

1.2K

काठमाडौं । प्रदेश नम्बर १ को नाम ‘कोशी प्रदेश’ राखेको खुशीयालीमा प्रदेश सरकारले विहीबार आज सार्वजनिक बिदा दिएको छ। कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दाहरुलाई बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुलाई बिहीबार सार्वजनिक बिदा दिने प्रदेश सरकारले हिजो बुधबार निर्णय गरेको हो ।

नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव पारित भएको थियो ।

Advertisement

प्रदेशसभाको बुधबार बसेको बैठकमा कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरेका थिए । ६ जना अनुपस्थित थिए । प्रदेश १ को नाम कोशी प्रदेश राखिनुपर्ने प्रस्ताव नेपाली काग्रेस र नेकपा एमालेले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

केही जातीय संगठनहरुले पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने आफूहरुको मागमा सुनुवाइ नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।