February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा कुन्दनराज काफ्ले चयन

505

हेटौंडा । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।

नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो । काफ्ले प्रदेशसभामा दोलाखा १(१) बाट निर्वाचित सांसद हुन् ।

काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन्। उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए।

Advertisement

दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन्। यसपालि काफ्लेले उक्त क्षेत्रमा बाजी मारेका हुन् ।