November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मुख्यमन्त्री राईलाई मातृशोक

2.2K

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक परेको छ । विगत केही समयदेखि विराटनगरमा उपचार गराईरहनुभएकी राईकी ममतामयी माता धनकुमारी राईको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।

भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारीको स्वास्थ्य समस्या देखिएपछि केही दिन अघि उनलाई हेलिकप्टरबाट उपचारको लागि बिराटनगर ल्याइएको थियो ।

मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अंतिम संस्कारको लागि सोमबार नै भोजपुर लग्ने तयारी रहेको छ ।

Advertisement