January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

नेपाली काँग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव विजयी

२०७८ फाल्गुन २१

5.5K

महोत्तरी । नेपाली काँग्रेसको महोत्तरी जिल्ला सभापतिमा संस्थापन पक्षका नागेश्वर यादव विजयी भएका छन् । पहिलो चरणमा सभापतिमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा सर्वसम्मतिले यादवलाई सभापति चयन गरिएको हो ।

पहिलो चरणको निर्वाचनमा नागेश्वरले १ हजार ११, शुशील यादवले ७ सय ७९ र बजरंग नेपालीले ३ सय ६ मत मात्र प्राप्त गरेका थिए ।
पहिलो चरणको निर्वाचनमा मत परिणामबाट बजरंग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशील यादव प्रतिस्पर्धामा थिए ।

सुशील समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि सर्वसम्मतिले नागेश्वर चयन भएको निर्वाचन समितिले घोषणा गरेको हो ।

Advertisement