November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

महाकाली तुइना घटना र हेलिकोप्टर प्रकरणमा सरकारले भारतलाई पठायो ‘कूटनीतिक नोट’

3.8K

काठमाण्डु – सरकारले जयसिंह धामी घटना प्रकरण र हेलिकोप्टर प्रकरणमा भारतलाई कुटनीतिक नोट पठाएको छ । सरकारले ती दुवै घटनाका सम्बन्धमा छुट्टाछुट्टै कुटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सशस्त्र प्रहरी बल एसएसबीका जवानले तुइन चुडाइदिँदा साउन १५ गते दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए ।

सो घटना सेलाउन नपाउँदै भारतले नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृत रुपमा हेलिकोप्टर उडाएको थियो । यी दुवै घटनामा सरकार मौन रहेको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो ।

Advertisement

गृहमन्त्रालयद्धारा गठित छानविन समितिल एसएसबीका जवानले तुइन खुस्काइदिएपछि महाकालीमा खसेर दार्चुला ब्यासका जयसिंह धामी बेपत्ता भएको प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो ।

यसअघि भारतीय विदेश मन्त्रालयले छानविन समितिको प्रतिवेदनबारे आफूलाई कुनै औपचारिक जानकारी नआएको बताएको थियो । महाकालीमा वेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ ।