काठमाडौं – लगातारको वर्षाका कारण अरनिको राजमार्ग अबरुद्ध भएको छ । धुलिखेल–पाँचखाल सडकमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।
राजमार्ग अबरुद्ध हुँदा सयौं सवारीसाधन तथा हजारौं यात्रु रोकिएका छन् । केही दिनयता मुलुकका अधिकांश स्थानमा पानी परिरहेको छ । लगातार पानी परिरहेकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।