काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।
शनिबार राति भएको खेलमा लिभरपुल चेल्सीसँग १-१ गोलको बराबरी खेलेका हुन् ।
खेलको २२औँ मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाए पनि पहिलो हापको इन्ज्युरी समयमा मोहमद सलाहले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।
चेल्सीका डिफेन्डर रिस जेम्सले पेनाल्टी क्षेत्रभित्र हातले बल रोकेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।
बराबरीसँगै लिभरपुल ३ खेलमा ७ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । समान अंक रहेको चेल्सी दोस्रो स्थानमा छ ।