May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

एमालेले बोलायो केन्द्रीय कमिटी वैठक, पार्टी विभाजनमा लागेकालाई कारबाही

5.6K

काठमाडौं – नेकपा एमालेले पार्टी विभाजनका पक्षमा उभिएका केन्द्रीय सदस्यहरुलाई कारबाही गर्ने भएको छ । आज (बिहीबार) दिउँसो १२ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनमा लागेका सदस्यहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

नेकपा एमाले विभाजन भएर बुधबार नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । उक्त दलका लागि एमालेका ५५ केन्द्रीय सदस्यले सनाखत गरेका थिए । बैठकमा १० बुँदे सहमति कार्यान्वयनका लागि स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्ने लगायत कार्यसूची रहेको तामाङले जानकारी दिए ।

यस्ता छन् बैठकका तीन एजेण्डा

Advertisement

१) १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने ।
२) पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे ।
३) पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारबाही प्रक्रिया अगाडि बढाउने ।