May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

सर्वोच्चले सार्वजनिक गर्‍यो न्यायालयको विकृतिसम्बन्धी प्रतिवेदन

3.1K

काठमाण्डु – सर्वोच्च अदालतले न्यायालयको विकृतिबारे प्रतिवेदन सार्वजनिक गरेको छ ।

सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठकको निर्णयअनुसार न्यायपालिकामा हुन सक्ने विकृति विसंगतिबारे न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

समितिले उक्त प्रतिवेदन केही समयअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई हस्तान्तरण गरेको थियो । उक्त प्रतिवेदनमा न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार एवम् बिचौलियाको रोकथामको विषयलाई उठाइएको उल्लेख छ ।

Advertisement

न्यायपालिकामा हुने न्यायाधीशको नियुक्ति, न्यायाधीशहरूको सरूवा तथा काज, न्यायाधीशहरू उपरको कारबाहीमा रहेको असमानता, भ्रष्टाचार एवम् बिचौलियाको प्रभाव, न्यायिक कामकारबाहीमा हुने ढिलाइ, न्यायिक प्रक्रियामा हुने अनियमितताबारे उल्लेख गरिएको छ ।

कानूनी व्यवस्थाको कमजोर पालना एवम् कार्यान्वयन, न्यायपालिका र नियामक निकायमा नातावाद, कृपावाद, संरक्षणवाद, भागबण्डा तथा राजनीतिक प्रभाव हाबी हुनु प्रमुख कारण देखाइएको छ।

कामको आधारमा पुरस्कृत र दण्डित नगरिनु, कर्मचारीलाई उसको कामको आधारमा मूल्यांकन नगरिनु, कानून व्यवसायी व्यवसायिक हुन नसक्नु र जसरी पनि मुद्दा जित्नुपर्छ भन्ने भावना विकास हुँदै जानु पनि न्यायपालिकामा हुने विसंगतिका कारण भएकाे प्रतिवेदनमा उल्लेख छ ।