January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

माधव नेपाल छुटिएर गएपछि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

1.8K

काठमाडौं –  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ । तुल्सीलाल प्रतिष्ठान च्यासलमा १२ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा समाजवादी दर्ता भएपछि एमाले केन्द्रीय कमिटी बस्न लागेको हो । दुई दिनअघि तेस्रो धारका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको बैठक तय गरेको हो । बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने कार्यसूची छ । त्यसैगरी संगठनात्मक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई आधिकारिकता दिएको थियो । माधव नेपाल नेतृत्वको समाजवादीलाई एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सघाएका छन् ।​

Advertisement