September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

घरमा दुई श्रीमती, १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या, एक वर्षपछि पक्राउ

710

कास्की –  एक १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गाउँपालिका–६, चालिसे निवासी ४५ वर्षीय मोटे भनिने खड्गबहादुर खवास छन् ।

उनले कास्कीको मादी गाउँपालिका–९ सिप्लेबेसी घर भइ हाल सोही गाउँपालिका–१०, मकैखोला बस्दै आएकी १७ वर्षीया कोपिला परियारको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । हजुरआमासँग बस्तै आएकी उनी गत वर्ष असार १५ गते अकस्मात घरैबाट हराएकी थिइन् । हराएको १० दिनपछि उनको शव मादी गाउँपालिका–११ मा रहेको पातीघारी भन्ने ठाउँमा सडेगलेको अवस्थामा फेला परेको थियो ।

Advertisement

सोही ठाउँमा ज्यामी काम गर्दै आएका खवासले ती किशोरीसँग अवैध यौन सम्बन्ध राख्दै आएका र त्यसको पोल खुल्ने डरले उनले किशोरीको हत्या गरेका प्रहरीले जनाएको छ । खबासले पनि किशोरीसँगको सम्बन्ध र हत्या आरोप स्वीकारी सकेका छन् । घरमा २ वटी श्रीमती भएका खवासले काम गर्ने ठाउँतिर आफूलाई रामबहादुर थापाको नामले चिनाउने गरेका स्थानीयले बताएका छन् । प्रहरीले खवासलाई स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट आइतबार पक्राउ गरेको हो ।