March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

प्रदेश–२ मा एमाले भन्दा एमाले समाजवादी बलियो रहेको दावी

3.1K

जनकपुरधाम– नेकपा एमाले विभाजनसँगै यसको असर प्रदेश–२ मा पनि परेको छ । सात प्रदेशमध्ये प्रदेश–२ मा एमाले विभाजित भएपछि केपी शर्मा ओली समूहलाई ठूलो क्षति भएको दावी गरिएको छ । प्रदेश–२ मा नेपाल एमाले भन्दा एमाले समाजवादी बलियो रहेको स्थानीय नेताहरुको दावी छ ।

सत्यनारायण मण्डल र शत्रुधन महतो (दायाँ)

१०७ सदस्यीय प्रदेश–२ को प्रदेशसभामा अहिले १०४ जना सदस्य छन् । नेकपा विभाजित हुँदा ३ जना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले उनीहरूलाई कारबाही गरेको थियो । यसमध्ये एमालेका २१ जना प्रदेशसभा सदस्य छन् । यसमध्ये नेपाल पक्षमा १३ जना प्रदेशसभा सदस्य छन् भने ओलीको पक्षमा ८ जना प्रदेशसभा सदस्य छन् ।

प्रदेश सभामा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरुमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु माधव पक्षमा छन् भने ओली पक्षमा सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद रहेका छन् ।

Advertisement