March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

बागमती प्रदेश सभा बैठक आज बस्दै

2.2K

हेटौंडा- लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आज (मंगलबार) दिउँसो २ बजे बस्दैछ । बैठक लगातार दुई दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७८ / ०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि आह्वान गरिएको हो ।

यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित कालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।

Advertisement