March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

केन्द्रीय कमिटी बैठक आजै सक्ने माओवादी केन्द्रको निर्णय

2.3K

काठमाडौं-  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आजै (आइतबार) केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडााडामा आइतबार बिहान बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

बैठकमा नेताहरूको कार्य विभाजनलगायत विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टलाई सोमबार बस्ने स्थायी कमिटी बैठकले व्याख्या गरी निष्कर्ष निकाल्ने उनले जानकारी दिए ।

‘आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोसिस गर्ने समझदारी बनाएका छौं,’ उनले भने, ‘आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरू आउने छन्, त्यसपछि त्यसको व्याख्या र निष्कर्षका लागि स्थायी समितिको बैठक भोलि बस्ने छ ।’

Advertisement

आइतबार बस्ने केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।