काठमाण्डु – संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन र ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
यस्तै आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ ,पेस कार्यसूची रहेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले नै ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै उनले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र छलफल पछि उक्त प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाका सचिव श्री गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
साथै आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले श्वेतपत्र पेस गर्ने गरेका छन् । अर्थमन्त्रीका प्रेस सल्लाहकार सचिन रोकाले श्वेतपत्र पेस गर्ने तयारी भएको जानकारी दिए । तर, संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा श्वेतपत्र पेस समावेश गरिएको छैन् । भइरहेको जानकारी दिँदै यो विषय संसदको संशोधित कार्यसूचीमा भर पर्ने बताए ।