November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित

1.8K

काठमाडौं –  नेकपा एमालेको माधव नेपाल पक्षको आज (बुधबार) का लागि तय केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक आज विहान ११ बजेका लागि आह्वान गरिएको थियो ।

केही सदस्यहरु उपत्यका बाहिर रहेकाले आजको बैठक भोलि (बिहीबार) सम्मलाई स्थगित गरिएको केन्द्रीय सदस्य कल्याणीकुमारी खड्काले जानकारी दिइन् । पार्टीभित्रको विवादबारे महत्वपूर्ण सुझाव लिन नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् । स्थायी कमिटीमा पटक–पटक छलफल गरे पनि स्पष्ट सुझाव पाउन नसेकेपछि नेपालले केन्द्रीय कमिटी सदस्यहरुको समेत सुझाव लिएर अगाडि बढ्ने सोच बनाएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर पार्टीमै फर्किने या नयाँ पार्टी गठन गर्ने भन्नेमा नेपाल समूहमा फरक मत देखिएको छ । विशेष गरी कार्यदलमा रहेर १० बुँदे सहमति गरेका नेपाल पक्षका नेताहरु विभाजनमा जान नहुने र ओलीसँग सहमति गर्नुपर्ने पक्षमा छन् ।
तर, शेरबहादुर देउवालाई विश्वासको मत दिँदा नेता नेपाललाई साथ दिएका नेता तथा सांसदहरु भने ओलीसँग झुक्न नहुने अडानमा छ । आफ्नै समूहबीच देखिएको यो विभाजनका कारण नेपालले अझै आफ्नो स्पष्ट गन्तव्य तय गर्न सकेका छैनन् ।

Advertisement